बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ ।
बुधवार भएको फाइनल खेलमा त्रिभुवन क्लबले चर्च व्वाईजलाई २—० गोलले पराजित गरेर उपाधि हात पारेको हो । उपाधिसँगै त्रिभुवन क्लबले प्रथम पुरस्कार ८ लाख नगद र दोस्रो भएको चर्च व्वाईजले ४ लाख नगद पुरस्कार हात पारे ।
त्रिभुवन क्लबका सरोज श्रेष्ठले खेल सुरु भएको ३२औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल ७६औँ मिनेटमा मान बहादुर आले मगरले गरेका थिए । त्रिभुवन क्लबका खेलाडी मान बहादुर आले मगरलाई म्यान अफ द म्यान घोषणा गरिएको थियो ।
त्रिभुवन क्लबकै यधा शाही उत्कृष्ट डिफेन्डर, विशाल बस्नेत उत्कृष्ट मीड फिल्डर, आदर्श बहादुर मल्ल उत्कृष्ट प्रशिक्षक, स्वच्छ टिम गोर्खा व्वाईज र रेसिङ्ग साहारा क्लबका खेलाडी सन्देश न्यौपानेलाई जनही १० हजार पुरस्कारसहित सम्मान गरिएको थियो ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीका रूपमा त्रिभुवन क्लबका टङ्क बस्नेतलाई नगद ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके