२०८३ कात्तिक १८ , बुधबार 4, November 2026, Wednesday

तिहारमा सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले बिहीबारदेखि सुन–चाँदीका सिक्का बिक्री गर्ने भएको छ । तिहारको धनतेरसलाई लक्षित गर्दै राष्ट्र बैंकले यस वर्ष सुनका सिक्का (असर्फी) पनि बिक्री गर्न लागेको हो ।

अघिल्ला दुई वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको थियो । दसैंअघि नै राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी टकामरी गरिरहेको छ । नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् ।

सुनको असर्फीको लागि प्रतिसिक्का ६० देखि ७० हजार र चाँदीका सिक्का ४ हजार रूपैयाँभन्दा केही बढी मूल्य पर्नसक्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले बिक्री गर्ने सुनको शुद्धता (हलमार्क) करिब ९९.९९ हुने बताइएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार