जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै आजदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को पनि प्रभाव रहने छ । हाल देशभर आंशिकदेखि साधारणतया बादल लाग्नेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा बाँकी हिमली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहको छ ।
मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भू–भागमा साधारणतया बादल लाग्नेछ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
