२०८३ कात्तिक ४ , मंगलबार 20, October 2026, Tuesday

आज महानवमीमा कस्तो छ तपाईंको योग ? हेर्नुस् आजको राशिफल

आजको पञ्चाङ्ग

वि.सं. – २०८३ साल कार्तिक ३ गते, मङ्गलबार ।
ईश्वी सन् – २०२६ अक्टोबर २० तारिख ।
नेपाल संवत् – ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ ।
तिथि – आश्विन शुक्लपक्ष नवमी, बिहान ०९:३४ बजेसम्म, उप्रान्त दशमी ।
नक्षत्र – श्रवण, बेलुकी ०४:०९ बजेसम्म, उप्रान्त धनिष्ठा ।
योग – शूल, राति १२:०८ बजेसम्म, उप्रान्त गण्ड ।
करण – कौलव, बिहान ०९:३४ बजेसम्म, उप्रान्त तैतिल बेलुकी १०:१६ बजेसम्म, त्यसपछि गर ।
आनन्दादि योग – लुम्ब योग ।
चन्द्रराशि – मकर ।

सूर्योदय र सूर्यास्त (काठमाडौँमा)

सूर्योदय – बिहान ०६:०७ बजे ।
सूर्यास्त – बेलुकी ०५:२८ बजे ।
दिनमान – २८ घडी २४ पला ।

आजको बार बेला (शुभ/अशुभ समय)

बिहान ०६:०७ सम्म – रोग बेला
बिहान ०६:०८ देखि ०७:३२ सम्म – उद्वेग बेला
बिहान ०७:३३ देखि ०८:५७ सम्म – चर बेला
बिहान ०८:५८ देखि १०:२३ सम्म – लाभ बेला
बिहान १०:२४ देखि ११:४८ सम्म – अमृत बेला
बिहान ११:४९ देखि दिउँसो ०१:१३ सम्म – काल बेला
दिउँसो ०१:१४ देखि ०२:३८ सम्म – शुभ बेला
दिउँसो ०२:३९ देखि बेलुकी ०४:०३ सम्म: रोग बेला
बेलुकी ०४:०४ देखि ०६:०३ सम्म – काल बेला

राहुकाल

दिउँसो ०२:३८ देखि बेलुकी ०४:०३ सम्म राहुकाल रहनेछ । (नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ । शुभ कार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।)

ब्रह्म मुहूर्त

बिहान ०४:३१ देखि ०५:१९ सम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) – यात्रा, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ । छोटो दूरीको धार्मिक तथा शैक्षिक यात्रा हुन सक्छ । सानो लगानी गर्दा पनि व्यापार–व्यवसाय फस्टाएर जानेछ भने दैनिक उपभोग्य र औषधिजन्य सामानको कारोबारमा वृद्धि हुनेछ । मायाप्रेमको गाँठो कसिलो हुनुका साथै घरपरिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । पारिवारिक मिलनले मन प्रसन्न रहनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) – मायाप्रेममा नजिक हुन सकिनेछ भने आफन्तबाट पूर्ण सहयोग मिल्नेछ । लामो दूरीको यात्रा तय हुन सक्छ । उपभोग्य वस्तु तथा औषधिजन्य सामानको व्यापारमा बढोत्तरी हुने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यतीत हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) – स्वास्थ्य सामग्री तथा उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रहरूसँग भेटघाट हुनेछ । मायाप्रेममा आत्मीयता बढ्नेछ भने रमाइलो यात्राको तय हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) – पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । उपभोग्य वस्तु तथा औषधिजन्य सामानको व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ र परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू नै तपाईंको प्रशंसा गर्दै हिँड्नेछन् । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) – काममा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्रा तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) – मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । औषधिजन्य तथा खाद्यान्नमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । मायाप्रेमको गाँठो कसिलो भएर जानेछ । जीवनसाथीले तपाईंको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सक्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) – पुराना समस्याहरूलाई केही समय दिएर समाधान गर्न सकिनेछ । उपभोग्य वस्तु तथा औषधिजन्य सामानको व्यापार–व्यवसाय फस्टाएर जानेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरूसँग भेट हुनेछ । प्रणय सम्बन्धमा सुधार आउनेछ भने एकअर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आमा तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) – आफ्ना समस्याहरू परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । मायाप्रेममा विश्वास बढ्नेछ भने जीवनसाथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । उपभोग्य तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ । पारिवारिक मिलन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) – आफूसँग भएका स्रोत–साधनहरूलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । कुनै पनि विषयमा समयमा नै निर्णय लिन सक्दा मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइहरूसँगै रहेर मीठो भोजन गर्ने तथा रमाइलो गर्ने अवसर जुर्नेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) – रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । राम्रा तथा विलासिताका वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाइलेखाइमा मन जाने हुनाले अरूभन्दा राम्रो नतिजा ल्याउन सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) – परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा विशेष ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । आफ्नै लापरबाहीका कारण पढाइलेखाइ बिग्रन सक्छ, ध्यान दिनुहोला । बन्दव्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दु:खी हुनेछ । यद्यपि, यात्रा, खानपान, मनोरञ्जन तथा पारिवारिक मिलनमा समय व्यतीत हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) – लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले औषधिजन्य तथा उपभोग्य क्षेत्रमा गरिएको लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ भने प्राकृतिक स्रोत–साधनको प्रयोग गर्न पाइने योग रहेको छ । पैतृक धन तथा सम्पत्ति हातलागी हुनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रेममा सामीप्यता बढेर जाने ग्रहयोग रहेको छ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

तपाईंको दिन शुभ रहोस् !

प्रकाशित मिति : २०८३ कात्तिक ४ गते मंगलबार