२०८३ असोज २५ , आइतबार 11, October 2026, Sunday

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको सेनाले गर्‍यो उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

नेपाली सेनाका चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुङबाट १२ जनाको उद्धार गरेको हो ।

सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार