मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी ऐन, २०६३ अन्तर्गत परेको मुद्दामा सुनुवाइ गर्दै अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार सम्बन्धी कसुरमा अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । यसअघि प्रसाईंकी श्रीमती उमा प्रसाईंले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइका क्रममा सर्वोच्च अदालतले अनुसन्धान तथा म्याद थपसम्बन्धी सक्कल फाइलसमेत झिकाउन आदेश दिएको थियो ।
प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार
