२०८३ असोज १८ , आइतबार 4, October 2026, Sunday

आज तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

वि.सं.२०८३ साल असोज १८ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–अष्टमी, बिहान ७ बजेर २९ मिनेट उप्रान्त नवमी, रातको ५ बजेर ८ मिनेट उप्रान्त दशमी । नक्षत्र–पुनर्वसु, रातको २ बजेर ३० मिनेट उप्रान्त तिष्य ।

योग–परिध, दिउँसो ३ बजेर ५० मिनेट उप्रान्त शिव । करण–कौलव, बिहान ७ बजेर २९ मिनेट उप्रान्त तैतिल, बेलुकी ६ बजेर १८ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मिथुन, बेलुकी ८ बजेर ५४ मिनेट उप्रान्त कर्कट । नवमी श्राद्ध । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४५ मिनेट । दिनमान २९ घडी २८ पला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । प्रतिस्पर्धीले हार खानेछन् । परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्नेछ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । सोखले खर्च बढाउनेछ र काममा केही उल्झन आउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हा

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ । सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । अवसर पाइनेछ तर अद्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन् । सापटी दिने बानीले पनि समस्या निम्त्याउनेछ । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले समेत दाबी–विरोध गर्न सक्छन् । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । तापनि पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ । कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते

काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । पहिलेका कामबाट फाइदा भइरहनेछ । व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला । आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ । सामाजिक काममा पछि परिनेछ । अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या आइपर्ला । आम्दानी रोकिनाले केही योजना पनि रोकिन सक्छन् । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । ठूलो भागको आशाले भएको वस्तुसमेत गुम्न सक्छ । कामको चापले पनि केही तनाव बढाउन सक्छ ।

धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आराम तथा मनोरञ्जनको समय छ । प्रियजनसँग दिन रमाइलो गरि बित्नेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा पनि फाइदै हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ ।

मकर – भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । उद्योग तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिने सम्भावना छ । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

परिवारमा असमझदारी देखिएला । साथीभाइले साथ नदिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइएला । साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार