२०८३ असोज १६ , शुक्रबार 2, October 2026, Friday

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड रुपैयाँ खर्च भएको बताएको छ । गृहमन्त्री सुधन गुरुङले हेलिकप्टरबाट उद्धारमा बढीमा २० करोड खर्च भएको बताए । उनले बाहिर सार्वजनिक भएजस्तो अर्बौँ खर्च नभएको बताए ।

‘बढीमा २० करोड खर्च भएको छ । हामी नागरिकप्रति जबाफदेही हुनुपर्छ यसको पारदर्शी हिसाब हामी छिट्टै सार्वजनिक गर्छौँ,’ उनले भने । गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरमा रहेकाहरूलाई अब अस्थायी आवासको प्रबन्ध गरेर ६ महिनाभित्रै उनीहरूका लागि आवासको व्यवस्था गर्नेतर्फ सरकार क्रियाशील रहेको बताए ।

‘उहाँहरूलाई सधैँ होल्डिङ सेन्टरमा राखेर हुँदैन । अब आवासका लागि गृहकार्य गरिरहेका छौँ । नयाँ ठाउँमा जग्गा खोजेर उहाँहरूका लागि आवास निर्माण गर्नेतर्फ सरकार अघि बढ्छ,’ उनले भने । पीडितका लागि बन्ने आवास स्थानीय संस्कृति र मौलिकता झल्किने र आधुनिक सुविधा पनि हुने उनले बताए ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार