२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

आजको राशिफल : मिथुन र कर्कटलाई उत्साह, अरुको कस्तो छ ?

२०८३ असोज १४ गते (३० सेप्टेम्बर २०२६) बुधवार, आश्विन कृष्णपक्ष चतुर्थी तिथि, १६ः४४ बजेपछि पञ्चमी । भरणी नक्षत्र, १०ः१७ बजेपछि कृत्तिका । चन्द्रराशि मेष, १५ः५८ बजेपछि वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आयस्रोत बढ्नेछ । दिगो काम सुरु गर्ने समय छ । बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । साँझतिर पहिलेको दुविधाले समेत निर्णायक मोड लिनेछ ।

वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

खर्चिलो काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हा

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साँझतिर खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । आँटेको काममा बाधा हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिले रोकिएको कामले उत्साह जगाउनेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पेसा–व्यवसायमा पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समय केही संघर्षमय रहने देखिन्छ । तापनि सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ । पेसामा पनि प्रशस्त फाइदा हुनेछ ।

कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहने समय छ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । साँझतिर काम देखाएर प्रभाव जमाउन सकिनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि केही सामाजिक काम पूरा गर्न सकिनेछ ।

तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । साँझतिर काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आफ्नो मिहिनेतको प्रतिफल भने हातलागी हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ । साँझदेखि व्यापार बढ्नेछ र व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।

धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

कामको मेसो नमिल्दा केही अलमल हुनेछ । तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । विशेष काममा जग बसाउने मौका जुट्नेछ । साँझतिर भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।

मकर – भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

समयमा निर्णय नलिने बानीले पछि समस्या पर्न सक्छ, सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको मेसो नमिल्दा केही अलमल हुनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ । अवसरले उत्साह जगाउने देखिन्छ । साँझतिर केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ । चिताएका काम सजिलै सम्पादन हुनेछन् । आयस्रोत पनि बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । साँझदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार