लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च बन्दै गएपछि नारायणी नदी माथिको पुलमा सवारी साधन सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।
नारायणी नदीको बहाव तिब्र रुपमा बढेको र अझै बढ्न सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई पुलमाथि नजान आग्रह गर्दै सवारी साधन चलाउन प्रतिवन्ध लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई जानकारीसमेत गराइरहेको छ । हाल देवघाट जलमापन केन्द्रको तथ्याङ्कले नारायणी नदीको बहाद ११.८४ मिटर देखाएको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ । अहिले खतराको तहभन्दा पानी धेरै माथि पुगेको छ । साथै प्रहरीले नदीमा दाउरा टिप्न नजान पनि सबैसँग अनुरोध गरेको छ ।
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार
