नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले असोज ११ गते आइतबार देशभरका नदी तथा खोलाहरूमा पानीको बहाव उच्च रहने जनाउँदै उच्च सतर्कता अपनाउन बुलेटिन जारी गरेको छ ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित उपत्यका बाहिरका उपत्यका, मधेस र पहाडी भेगका ३४ भन्दा बढी जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो जिल्ला तथा बागमतीका केही जिल्लासहित १७ जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
ण्डकीका लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा तथा लुम्बिनीका रूपन्देही, कपिलवस्तु, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, गुल्मी र चितवन जिल्लाका साना नदीमा बाढीको जोखिम उच्च रहने भएकाले विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैगरी, कोशी, नारायणी र तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तह माथि पुगेको छ। महाशाखाले नारायणी नदीका बुढीगण्डकी, मस्र्याङ्दी, सेती, माडी, बडिगाड र कालीगण्डकीमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।
