२०८३ असोज ११ , आइतबार 27, September 2026, Sunday

नारायणगढ-मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका कारण सडकको झन्डै आधा भाग भासिएपछि यातायात सेवा प्रभावित भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान नदीले कटान गर्दा सडक भासिन गएकाले उक्त स्थानमा सवारी साधनहरू एकतर्फी मात्र सञ्चालन भइरहेका छन् ।

सडक डिभिजन भरतपुरले सडक मर्मत तथा सहज आवागमनका लागि पहल भइरहेको जनाएको छ । एकतर्फी मात्र सडक खुला रहेकाले उक्त खण्डमा सवारी साधनको चाप र जाम हुन सक्ने भन्दै चालकहरूलाई धैर्यतापूर्वक र सतर्कताका साथ सवारी चलाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार