२०८३ असोज १० , शनिबार 26, September 2026, Saturday

बाँकेको किरण नालामा बाढीको जोखिम

बाँके जिल्लाको उढरापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

शनिबार दिउँसो १ः०६ बजे किरण नाला जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको महाशाखाले जनाएको छ । जलसतह बढेकाले नदी आसपासका र विगतमा डुबान भइरहने ठाउँका बासिन्दालाई बेलुकीसम्मै उच्च सतर्क रहन महाशाखाले सूचित गरेको छ ।

बाढीको जोखिम बढेको जानकारी दिँदै बाढी पूर्वानुमान महाशाखाले भनेको छ, ‘किरण नाला खोलाको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुकीसम्मै उच्च सतर्क रहनुहोला ।’

प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार