२०८३ असोज ९ , शुक्रबार 26, September 2026, Saturday

पोखरा, घोराही, नेपालगन्ज र भैरहवामा भारी वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका प्रमुख सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार आज दिउँसो नेपालगन्ज, घोराही, पोखरा र भैरहवामा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

पोखरामा वर्षाको सम्भावना शतप्रतिशत छ भने घोराही, नेपालगन्ज र भैरहवामा ९० प्रतिशत रहने जनाइएको छ । त्यसैगरी काठमाडौँ, ओखलढुङ्गा, जुम्ला र ताप्लेजुङमा दिउँसो ९० प्रतिशत वर्षाको सम्भावनासहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ ।

डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, सिमरा, धनकुटा, जोमसोम र जिरीमा ८० प्रतिशत तथा विराटनगर, धरान र जनकपुरमा ६० प्रतिशत सम्भावनासहित मध्यम वर्षा हुनेछ । आज राति मौसम थप प्रभावित हुने सम्भावना छ ।

धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, घोराही, पोखरा र भैरहवामा रातिको समयमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । पोखरा र जोमसोममा राति वर्षाको सम्भावना १०० प्रतिशत छ । घोराही र जुम्लामा ९० प्रतिशत तथा डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर र नेपालगन्जमा ८० प्रतिशत सम्भावनासहित वर्षा हुनेछ ।

यस्तै काठमाडौँ, सिमरा, ओखलढुङ्गा, जिरी र ताप्लेजुङमा ६० प्रतिशत तथा धनकुटा, विराटनगर, धरान र जनकपुरमा ४० प्रतिशत सम्भावनासहित मध्यम वर्षा हुने जनाइएको छ । तापक्रमतर्फ आज दिउँसो भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी २६ देखि २८ डिग्री सेल्सियस रहनेछ भने जोमसोमको अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसमा सीमित रहनेछ ।

काठमाडौँको दिउँसोको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । रातिको न्यूनतम तापक्रम जोमसोममा सबैभन्दा कम ८ देखि १० डिग्री सेल्सियस र विराटनगरमा सबैभन्दा बढी २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार