२०८३ असोज ५ , सोमबार 21, September 2026, Monday

आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिन्छ साथै उक्त प्रणाली थप बलियो बन्दै पश्चिम उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी र मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी भूभाग तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार