२०८३ असोज ३ , शनिबार 19, September 2026, Saturday

माथिल्लो त्रिशूली-१ को सुरुङबाट १८ शव निकालियो

रसुवा बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ ।

खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार थप १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उक्त क्षेत्रमा बिहीबार पनि छ जना मजदुरको शव फेला परेका थिए । त्यसपछि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदा थप शव फेला परेका हुन् ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार