२०८३ भदौ ३० , मंगलबार 15, September 2026, Tuesday

चीनको वैकल्पिक नाकाबाट चार हजार बढी नेपाल फर्किए

भोटेकोशी बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएसँगै चीनको वैकल्पिक नाकाबाट चार हजार बढी नेपाल फर्किएका छन् । अध्यागमन विभागका अनुसार भदौ २९ गतेसम्म ३९ सय चारजना तातोपानी नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यस्तै हुम्लाको हिल्सा हुँदै ३८७ जना नेपाल प्रवेश गरेका हुन् ।

दुवै वैकल्पिक नाकाबाट आगमन र प्रस्थान गर्ने विदेशी यात्रुहरूमा सबैभन्दा बढी भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेका छन् । अध्यागमन विभागले यात्रुहरूको सहज आवागमन तथा अध्यागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै आएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार