२०८३ भदौ ३० , मंगलबार 15, September 2026, Tuesday

कृष्णभीरमा एकतर्फी यातायात सुचारु, ग्यास बुलेटलाई प्राथामिकता

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।

सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो । सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ ।

बाटो पूर्णरुपमा सञ्चालनमा आउन केही दिने लाग्नेछ । तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवतजावत गराउने तयारी छ । भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ ।

प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार