रसुवाको स्याफ्रुस्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा रहेको ७० मिटर लेदो पन्छाइएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण फसेकाहरूको उद्धारका लागि लेदो पन्छाउने काम जारी छ ।
नाइट सिफ्टको निरन्तरताका लागि बिग्रिएको ह्विल लोडर बनाउन मर्मत टोली राति २ बजे त्यसतर्फ जान लागेको भए पनि बहाव, वर्षाद र पारिपट्टिको पहिरोका कारण फर्कनुपरेको थियो । उक्त आयोजनामा ६ जना फसेका छन् ।
उनीहरूको उद्धारका लागि प्रयास भइरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । म्यानुअल रूपमा सुरुङको माथिल्लो भाग खोतल्दै जाने काम २४० मिटरमध्ये १२० मिटर भित्र पुगेको छ । भित्री अवस्था यकिन नभएकाले काम सम्पन्न हुन थप २ देखि ३ दिन लाग्न सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार
