२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

बाढीले पुल बगाएपछि मनास्लु-लार्केपास पदयात्रा स्थगित

गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा आएको बाढीले दुई पुल बगाएपछि मनास्लु तथा लार्केपास पदमार्गको यात्रा तत्कालका लागि स्थगित गरिएको छ ।

आइतबार बिहान करिब ३ः३० बजे आएको बाढीले वडा नं. २ र ४ जोड्ने फलामे पुल तथा नामरुङतर्फ जाने झोलुङ्गे पुल बगाएको जिल्ला प्रशासनले जनाएको छ ।

बाटो अवरुद्ध भएकाले अर्को सूचना जारी नभएसम्म पदयात्रा नगर्न स्वदेशी तथा विदेशी पर्यटकलाई प्रशासनले आग्रह गरेको छ । बाटोमा अलपत्र परेका यात्रुको उद्धार तथा समन्वयका लागि प्रशासन, प्रहरी र पर्यटक प्रहरीसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार