नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्घे र सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध ५० हजार रुपैयाँ घुस लिएको मुद्दा दायर भएको छ ।
जग्गा हाल साविक गरी प्लट मिलानको लागि सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग घुस लिन मन्जुर गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
घुसबापतको रकम बार्गेनिङ गर्दै नियमपूर्वक गरिदिनुपर्ने काम नगरी दुःख हैरानी दिएको दाबी अख्तियारको छ । नापी अधिकृत पार्घे र सर्भेक्षक श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो ५० हजार रुपैयाँ कायम गरी कैद र जरिबाना गर्न अख्तियारको माग छ ।
प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार
