२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

सिजी फुड्सको वाइवाइ चाउचाउ कम्पनीलाई भारतमा कारबाही

भारतको खाद्य सुरक्षा निकायले सिजी फुड्स इण्डिया प्रालिमाथि कारबाही अघि बढाएको छ । राजस्थानको अजमेरस्थित कारखानामा अनुगमन गर्दा भुइँमा खसेको चाउचाउ उत्पादनमा प्रयोग गरेको, मिति धाँधली गरेको र इजाजतपत्रबिना उत्पादन गरेको पाइएको हो ।

सरकारी निकायका अनुसार कम्पनीले ‘फुड सेफ्टी एण्ड स्ट्यान्डड्र्स एक्ट, २००६’ को उल्लंघन गरेको छ । अनुगमनका क्रममा एक हजार ९२५ बाकस म्याद गुज्रेको वाइवाइ चाउचाउसमेत बरामद गरिएको छ ।

प्रयोगशाला परीक्षणका लागि चाउचाउ र तेलको नमूना संकलन गरिएको छ । नियामक निकायले कम्पनीलाई अनुमतिबिना उत्पादन बन्द गर्न निर्देशन दिएको छ । प्रयोगशाला रिपोर्टपछि थप कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार