जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई निजी आवास अनुदान बापतको पहिलो किस्ता पठाइएको छ । आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई पहिलो किस्ताबापत प्रतिघरधुरी ५० हजार रुपैयाँ पठाइएको हो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि, २०८३ अनुसार लाभग्राही सम्झौतापश्चात आवास अनुदान रकम लाभग्राहीको खातामा भुक्तानी गर्ने प्रावधान छ ।
पहिलो किस्ताबाट लाभग्राहीले प्लिन्थ लेभलसम्म आवास निर्माण सम्पन्न गरिसकेपछि निर्माण सम्पन्न गरेको प्राविधिक जाँच पास प्रतिवेदनको आधारमा दोस्रो किस्ता रकम प्राप्त गर्नेछन् । २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा १५७ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार
