२०८३ भदौ २० , शनिबार 5, September 2026, Saturday

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी स्थानमा बर्षा

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका धेरै तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ ।

देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार