२०८३ भदौ १२ , शुक्रबार 28, August 2026, Friday

भोटेकोशी बाढी : बाँकेका २७ जना सम्पर्कविहीन

कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएका छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार वेपत्ता भएकाहरूले स्थानीय प्रशासनलाई खोज तथा उद्धारका निम्ति आग्रह गर्दै १४ पुरुष र १३ जना महिला सम्पर्कविहीन भएका जनाएका छन् ।

बाढीपछि बेपत्ता २७ जनामध्ये २० जना बाँकेका स्थायी, पाँच जना अन्य जिल्लाबाट आएका तथा दुई जना भारतीय नागरिक हुन् । रसुवा भन्सार कार्यालय, विभिन्न सुरक्षा निकाय र जलविद्युत् आयोजना, गोसाइकुण्ड क्षेत्रमा व्यवसाय तथा कैलाश मानसरोवर तीर्थयात्रामा रहेका बाँकेका सर्वसाधारण सम्पर्कविहीन छन् ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार