२०८३ भदौ ११ , बिहीबार 27, August 2026, Thursday

बाढीको असर : नुवाकोट र रसुवाका १४ जलविद्युत आयोजनामा क्षति

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका दर्जन बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । प्राप्त जानकारी अनुसार कुल १४ वटा आयोजनामा क्षति पुगेकोमा नौ वटा सञ्चालनमा रहेका छन् भने बाँकी पाँच वटा निर्माणाधीन रहेका छन् ।

रसुवाका आठ र नुवाकोटका छ आयोजनामा क्षति पुगेको बताइएको छ । रसुवाको निर्माणाधीन माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट), माथिल्लो मैलुङ–ए (१२० मेगावाट) मा क्षति पुगेको छ । यसैगरी सञ्चालनमा रहेका रसुवागढी जलविद्युत आयोजना, सान्जेन खोला, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत आयोजनामा क्षति पुगेको हो ।

यता नुवाकोटर्फ सञ्चालनमा रहेका त्रिशूली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–३बी र नुवाकोट सौर्य विद्युत आयोजनामा क्षति पुगेको छ । यसैगरी निर्माणाधीन माथिल्लो त्रिशूली–३बी, मिडल त्रिशूली गंगा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार