जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवाको भोटेकोशीमा आएको बाढीबाट हुन सक्ने थप क्षतिको जोखिम तत्कालका लागि टरेको जनाएको छ । केन्द्रका बाढीविद् विनोद पराजुलीले बाढीको प्रभाव अब क्रमशः घट्दै गएकाले थप खतरा तत्कालका लागि टरेको बताए ।
‘रसुवास्थित भोटेकोशीमा आएको बाढी आएपछि नदी छेउछाउका बस्ती र बजार क्षेत्रमा उच्च सतर्कतासहित सुरक्षित रहन अनुरोध गरेका छौँ,’ उनले भने, ‘सबैतिर पूर्वसूचना प्रवाह भएको छ, अब बाढीको ठूलो जोखिम पनि कम हुँदैगएको छ ।’
केन्द्रका बाढीविद् पराजुलीले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोवाइल एसएमएसमार्फत सम्भावित प्रभावित क्षेत्रमा सर्वसाधरणलाई पूर्वसूचना पठाइएको बताए ।
प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार
