तिब्बत क्षेत्रबाट आएको रसुवा बाढीका कारण १९ वटा पुल क्षतिग्रस्त भएको छ । बुधवार बिहान आएको बाढीले त्रिशूली नदीका १९ वटा पुल क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी शुभाञ्जन दाहालका अनुसार अहिलेसम्म त्रिशूली नदीका १९ वटा पुल क्षतिग्रस्त छ । बाढीले कम्तीमा ४० किलोमिटर सडकमा समेत क्षति पुगेको आंकलन रहेको उनले बताए । बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक पूरै बगाएको छ ।
सरकारका तर्फबाट आवश्यक समन्वयसहित क्षतिको विवरण सङ्कलन गरी उद्धार तथा राहत वितरणलाई तीव्रता दिन, घाइतेको उपचार व्यवस्था गर्न, हराएका तथा सम्पर्क विहीन अवस्थामा रहेकाको खाजी गर्न र विपद्जन्य घटनामा तत्काल गर्नुपर्ने व्यवस्थापकीय भूमिका छिटोभन्दा छिटो पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार
