२०८३ भदौ १० , बुधबार 26, August 2026, Wednesday

बाढीबाट बच्न पाखा उक्लिएका २४५ जना उद्धारको पर्खाइमा

रसुवा जिल्लाको टिमुरे वडा–२ का स्थानीयहरू बाढीबाट बच्न २०० मिटर माथि पुगेका उनीहरू उद्धारको पर्खाइमा रहेका हुन् । टिमुरे कार्यपालिका सदस्य पेमा दोर्जे घलेले गाउँभन्दा २०० मिटर माथि बसेर उद्धारका लागि पर्खिरहेको बताए ।

‘हाम्रो साथीहरू आफन्तहरू गाउँभन्दा २ सय मिटर बसिरहेका छन् । आठ घण्टादेखि खानपिन बिनै बसिरहेकाछ्न्,’ उनले भने, ‘बिहान ९ बजे बाढीबाट बच्न उकालो लागेका उनीहरू त्यसयता तल झर्न सकेका छैनन्,’

हाल सो क्षेत्रमा उद्धारका लागि सेनाले प्रयास गरिरहेको छ भने पानीको बहाव घटेर पुरानै लयमा आइसकेको छ । स्थानीयका अनुसार कति मानिस बाढीमा बगे भन्ने यकिन जानकारी आइसकेको छैन ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार