२०८३ भदौ ७ , आइतबार 23, August 2026, Sunday

रक्सीले मातेकी युवती विमानभित्रै कपडा खोलेर दौडिएपछि…

उडिरहेको जहाजभित्र एक महिला यात्री कपडा खोलेर नांगै भएपछि बितण्डा मच्चिएको छ । घटना बेलायतको हो । ३० वर्षीया सराह पार्करले बेलायतबाट अस्ट्रेलियातर्फ जाँदै गरेको एउटा खचाखच भरिएको विमानमा मदिराको नशामा ध्रुत भएर आफ्ना भित्री वस्त्रहरू खोलेकी थिइन् ।

उनले अदालतमा आफ्नो हर्कत स्वीकार गरेकी छिन् । बर्मिंघम विमानस्थलबाट विमाने टेकअफ लिनासाथ पाइलटको निर्देशनलाई बेवास्ता गर्दै सराह सीटबाट उठेर शौचालय जान खोजेकी थिइन् । त्यस क्रममा उनले विमानको बीचको गल्लीमा सबै यात्रुहरूले देख्ने गरी आफ्नो ब्रा र अन्डरवेयर फुकालेर तल झारेर अश्लील व्यवहार प्रदर्शन गरिन् ।

यो घटना गत जुलाई २४ मा बर्मिंघमबाट अस्ट्रेलियाको मेलबर्नका लागि उडेको विमानमा भएको थियो । वेस्ट योर्कशायरको ह्यालिफ्याक्स निवासी पार्करले म्यानचेस्टर मजिस्ट्रेट अदालतमा उपस्थित भइ ‘सार्वजनिक शिष्टाचार विरुद्धको कार्य’ गरेकोमा दोष स्वीकार गरिन् । अदालतमा पेश गरिएको अभियोग पत्रमा उनले ‘आफ्नो कट्टु तल झारेर टुक्रुक्क बसी यात्रुहरूलाई आफ्नो योनांगको दर्शन गराएको’ उल्लेख छ ।

पार्करले विमानमा मदिरा सेवन गरी मात्तिएको र पाइलटको कानुनी आदेश (सीटमा बसिरहनु पर्ने निर्देशन) पालना नगरेकोमा पनि आफ्नो गल्ती स्वीकार गरेकी छिन् । यस मुद्दामा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश साइमन ब्लेकब्रोले भने, ‘यात्रुहरूले भरिएको विमानमा यसरी आफूलाई प्रदर्शन गर्नु निकै गम्भीर कुरा हो ।’

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार