२०८३ भदौ २१ , आइतबार 7, September 2026, Monday

बर्दियाको किरिन नदीमा जलसतह सतर्कता तहभन्दा माथि

बर्दियाको किरिन नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । किरिन नदी, बर्दिया जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ‘जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुकासम्म उच्च सतर्क रहनुहोला,’ महाशाखाले भनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा धेरै भारी र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले यी प्रदेशका जिल्ला भएर बग्ने साना नदी तथा खोलामा बाढीको जोखिम छ ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार