२०८३ साउन २३ , शनिबार 8, August 2026, Saturday

‘रोड टु एभरेस्ट’मा सगरमाथाको यात्रा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ साउन २३ गते शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको जोखिमपूर्ण र रोमाञ्चक यात्रा समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को तस्वीर तथा टिजर सार्वजनिक भएको छ । ५० वर्ष उमेर नाघेका एक व्यक्तिले आफ्नै शारीरिक सीमितता र उमेरलाई चुनौती दिँदै देखेको आरोहणको सपनालाई वृत्तचित्रमा उतारिएको छ ।

५० मिनेटको वृत्तचित्रले आरोहणका क्रममा आइपर्ने जोखिम, शेर्पा समुदायको अथक् प्रयास र जलवायु परिवर्तनले हिमाली पर्यावरणमा पारेको गहिरो असरलाई पनि मिहिन ढङ्गले छामेको छ । निर्मल श्रेष्ठको निर्देशनमा बनेको वृत्तचित्रको कथा निर्देशक श्रेष्ठ र सञ्चारकर्मी सन्तोष आचार्यले संयुक्त रूपमा लेखेका हुन् ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार