नेपाल वायुसेवा निगमले जापानमा उडान थप्ने भएको छ । यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै निगमले यस्तो निर्णय गरेको हो ।
यही सेप्टेम्बर १८ देखि जापानसम्मको नियमित उडान हप्ताको चार पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार गरेको छ । सो अनुसार काठमाडौँ-नारिता-काठमाडौँ उडान मङ्गलबार, बिहीबार, शुक्रबार र आइतबार सञ्चालन हुनेछन् ।
हाल सो उडान हप्तामा तीन वटा सञ्चालन हुँदै आएको छ । साथै, नेपाल वायुसेवा निगमको एयरबस वाइडबडी अन्नपूर्ण विमान समय अनुसार नियमित गर्नुपर्ने चौथो सी-चेक सम्पन्न गरी हालै स्वदेश फर्किएको छ ।
काठमाडौँ-दुबई को नियमित उडानमा ७ जुलाई २०२६ मा गई इटालीमा विमानको विस्तृत प्राविधिक मर्मत सफलतापूर्वक सम्पन्न गरी ६ अगस्ट २०२६ मा काठमाडौँमा अवतरण गरेको हो । उक्त जहाज निगमको नियमित उडान सञ्चालनमा आइसकेको छ ।
सी-चेक विमानको निर्धारित अवधिमा गरिने महत्त्वपूर्ण र विस्तृत प्राविधिक मर्मत प्रक्रिया हो । त्यसैगरी सेप्टेम्बरदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने फ्लाई दुबईको नियमित उडानका लागि निगमले पुर्याउने स्थलगत सेवाको तयारी पूरा भएको छ ।
सत्यपाटी