२०८३ साउन २१ , बिहीबार 7, August 2026, Friday

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ साउन २१ गते बिहीबार

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले साहलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

उनी आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् । उनको पृष्ठभूमि चार्टर्ड एकाउन्टेन्ट हो । कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको थियो ।

कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले साउन १७ गते आवेदकहरुमध्ये धेरै अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गरेको थियो ।

धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देवको नाम सिफारिस भएको थियो । रिक्त पदपूर्तिका लागि असार २ मा दरखास्त आह्वान गरिएको थियो ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार