२०८३ साउन २० गते (५ अगस्ट २०२६) बुधवार, श्रावण कृष्णपक्ष सप्तमी तिथि, १७ः३१ बजेपछि अष्टमी । अश्विनी नक्षत्र । चन्द्रराशि मेष ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । आँटले काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन् । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ ।केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ । मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काममा अलि टाढाका साथीभाइले सहयोग जुटाउनेछन् ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हा
नयाँ काम प्रारम्भ हुनेछ । गरेको कामले राम्रै लाभ दिलाउनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुने समय छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश फाइदा नहुने काममा अलमल हुन सक्छ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउने कोसिस गर्नेछन् । र श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आफ्नो क्षेत्रमा समेत कमजोर साबित भइनेछ ।
कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश काममा अलमल हुनेछ । लाभांश बाहिरिनाले समस्या पर्नेछ । सामान्य काममा धन र श्रम खर्चनुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । मेहनत र सावधानीले उपलब्धि जोगाउन सफल भइनेछ ।
तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले थप उत्साह जगाउनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । फुर्सद मिल्नुका साथै यात्रा गर्ने साइत पनि जुर्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ । द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित हुनेछ । सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ । भौतिक साधन जुट्नेछन् र दिगो काम सुरु हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ ।
धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काम थाल्न नसकिएला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ । समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ । सन्तानको साथले काम बन्नेछ ।
मकर – भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । पहिले टाढिएका आफन्त नजिकिन सक्छन् । असल व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्न सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि तथा पेसा–व्यवसायमा प्रशस्त धन आर्जन गर्ने मौका छ । प्रतिस्पर्धाले फाइदा दिलाउनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ । धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ । केही अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । शुभचिन्तकहरूको साथ भने पाइनेछ । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा चिताएको काम बन्न सक्छ ।
सत्यपाटी