काठमाडौँ उपत्यकामा खाना पकाउने (एलपी) ग्यासको उच्च मागलाई मध्यनजर गर्दै नेपाल आयल निगमले आज (शनिबार)बाट टेकुमा रहेको आफ्नै कार्यालयबाट बिक्रीको व्यवस्था मिलाएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ग्यास बिहान ११ देखि साँझ ५ बजेसम्म पाइनेछ । निगमले सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासलगायत सिलिन्डरहरू बिक्री–वितरण गरिरहेको जनाएको छ ।
ग्यास नपाएको अवस्थामा टेकुमा रहेको कार्यालयमा आउन वा हटलाइन नम्बरमार्फत सम्पर्क गर्न पनि उपभोक्तालाई निगमले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार
सत्यपाटी