साबिक विजेता अर्जेन्टिनालाई हराउँदै युरोपेली च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को उपाधि जित्न सफल भएको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको खेलमा १० खेलाडीमा सीमित अर्जेन्टिनालाई हराउँदै स्पेन १–० ले विजयी भएको हो ।
खेलको १०६औं मिनेटमा स्पेनका फेरान टोरेसले गरेको गोल नै स्पेनलाई जिताउन निर्णायक साबित भयो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो भने स्पेन पनि १६ वर्षपछि विश्वकपको उपाधि जित्ने दौडमा थियो ।
अर्जेन्टिना छैटौँपटक फाइनलमा पुगेको थियो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ को विश्वकपको उपाधि जितेको थियो । सन् २०१० को विश्वकपको उपाधि जितेको स्पेन १६ वर्षपछि पुनः उपाधि हासिल गर्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरेको थियो ।
प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार
सत्यपाटी