२०८३ असार २७ , शनिबार 11, July 2026, Saturday

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २७ गते शनिबार

काठमाडौंको बुद्धनगरमा शनिबार (असार २७) बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । उपचारका क्रममा उनको निधन भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए ।

शनिबार बिहान करिब ६ः२० बजे उनले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर वीर अस्पताल पठाएको थियो ।

यसअघि, काठमाडौंकै त्रिपुरेश्वरमा बिहीबार (असार २५) मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । उपचारका क्रममा शुक्रबार (असार २६) उनको निधन भएको थियो । शुक्रबारै सर्लाहीमा अर्का एक पुरुषले आत्मदाहको प्रयास गरेका थिए । कीर्तिपुर बर्न अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिबार