२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

बाँकेमा आफ्नै सहोदर दाजुको हत्या

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार १५ गते सोमबार

आफ्नै दाइको हत्या गरी नहरमा शव फालेको आरोपमा प्रहरीले बाँकेबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–४ गोहवा निवासी २० वर्षीय बिनोद चौधरी रहेका प्रहरीले जनाएको छ ।

उनले आफ्नै सहोदर दाइको हत्या गरी नहरमा शव फालेर फरार रहेको सूचनापछि प्रहरीले खोजतलासी सुरु गरेको थियो । आइतबबार साँझ करिब ७ बजेति चौधरीले आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेर नहरमा शव फालेका प्रहरीको भनाइ छ ।

मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ । घटनापछि फरार रहेका बिनोदलाई आज बिहान भारततर्फ भाग्दै गरेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिका–१५ चन्‍हवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार