२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

नेपाल प्रहरीका २३१ असई सईमा बढुवा (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १३ गते शनिबार

नेपाल प्रहरीका २३१ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै जनपद प्रहरी समूहअन्तर्गतका २३१ जना असईलाई सई पदमा बढुवाका लागि सिफारिस गरिएको जनाएको हो ।

हिजो नै बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९४० बमोजिम सम्बन्धित सबैको जानकारीका लागि बढुवा सिफारिस सूची सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रकाशित सूचीअनुसार सिफारिसमा परेका असईहरूलाई जनपद प्रहरी समूहअन्तर्गतकै प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवा गरिनेछ ।

हेर्नुहोस् बढुवा सूची :

प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार