२०८३ असार ७ , आइतबार 21, June 2026, Sunday

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ७ गते आइतबार

आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ । यसअनुसार आज दिनको अवधि करिब १३ घण्टा ४५ मिनेट रहनेछ । आजपछि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार