२०८३ जेठ २७ , बुधबार 10, June 2026, Wednesday

प्रचण्डका छोरीज्वाइँ र ओलीका साला पक्राउको सूचीमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ २७ गते बुधबार

नेपाली कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालसहित परिवारका केही सदस्यहरू चीन भ्रमणका लागि भिसा लिएको सूचनापछि सुरक्षा निकायले उनीहरूको गतिविधिमाथि निगरानी बढाएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार गंगासँगै स्मिता, जीवन आचार्य लगायत व्यक्तिहरू र केही व्यवसायीहरूमाथि पनि निगरानी बढाइएको हो । उनीहरूबीच चीनमा सम्पत्ति खरिद, कम्पनी दर्ता र व्यावसायिक सम्बन्धबारे समेत प्रारम्भिक छानबिन भइरहेको दाबी गरिएको छ ।

मरिण क्षेत्रमा प्रस्तावित चिनियाँ लगानीको भैँसी मासु प्रशोधन परियोजनासँग प्रचण्ड परिवारको नाम जोडिएपछि सो लगानी र सम्पत्तिको स्रोतबारे प्रश्न उठिरहेको स्रोतहरूको भनाइ छ । परियोजनाको अनुमानित लागत करिब २७ अर्ब रुपैयाँ रहेको बताइएको छ । योसँगै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका साला राजेश बज्राचार्य पनि पक्राउको सूचीमा छन् ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार