२०८३ जेठ २७ , बुधबार 10, June 2026, Wednesday

शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ २७ गते बुधबार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले शैय्या संख्या अनुसार बुझाउनुपर्ने शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार ती संस्थाबाट एक करोड ७८ लाख ८४ हजार असुल गर्ने निर्णय गरिएको छ । मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको उनले बताए ।

महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषयलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार