२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

ड्युटीकै क्रममा प्रहरी सहायक निरीक्षकको मृत्यु

सत्यपाटीसत्यपाटी । कालीकोट । २०८३ जेठ १२ गते मंगलबार

कालीकोटमा कार्यरत एक प्रहरी सहायक निरीक्षकको ड्युटीकै क्रममा मृत्यु भएको छ । प्रहरी चौकी खल्लागार्ड कालीकोटमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक लीलाबहादुर खत्रीको अचानक स्वास्थ्य समस्या भएपछि उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भएका खत्री इलाका प्रहरी कार्यालय पचालझरना कालीकोट दरबन्दी भई हाल तिलागुफा नगरपालिका–५ स्थित प्रहरी चौकी खल्लागार्डमा कार्यरत थिए ।

सोमबार बिहान ड्युटीमा रहेका बेला अचानक छाती दुखेर बेहोस भएपछि उनलाई तत्काल एम्बुलेन्समार्फत जिल्ला अस्पताल मान्म लगिएको थियो । उपचारकै क्रममा दिउँसो १२ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार