२०८३ जेठ ६ , बुधबार 20, May 2026, Wednesday

वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरी कारबाहीमा

सत्यपाटीसत्यपाटी । वीरेन्द्रनगर । २०८३ जेठ ६ गते बुधबार

वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने जानकारी दिएको हो । साथै नगरपालिकाले पीडित महिलालाई उचित क्षतिपूर्ति दिने निर्णय भएको समेत जनाएको छ ।

नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । डाले डोकोमा काफल (फल) बोकेर बेच्दै हिँड्दै गरेकी महिलामाथि दुर्व्यवहार भएको हो । सामाजिक सञ्जालमा आएको उक्त भिडियो वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिकको र खिचिएको भनिएको छ । घटना मङ्गलवार साँझपखको भएको बताइएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार