राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको एसइईको नतिजामा गत बर्षको तुलनामा करीब ४.१७ प्रतिशतले सुधार आएको छ । यस वर्ष एसइईको परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष ६१.८१ प्रतिशत ग्रेडेडका भएका थिए ।
शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपटक गत वर्षभन्दा नतिजा सुधार भएको हो । गत वर्ष ६१.८१ प्रतिशत उतीर्ण भएकोमा यसपाली यो संख्या बढेर ६५.९८ पुगेको छ । यसपाली कुल दुई लाख ८४ हजार १६० जना पास भएको छ । गत वर्ष यो संख्या दुई लाख ७१ हजार २९९ पास भएका थिए ।
नतिजा अनुसार, जीपीए ३.६ देखि ४ सम्म ल्याउने ४८ हजार ३९२ जना छन् । त्यस्तै, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् । जीपीए २.४० देखि २.८० सम्म ल्याउने ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना र जीपीए १.६ देखि २.० सम्म सात विद्यार्थी छन् ।
बागमतीमा सबैभन्दा धेरै विद्यार्थी पास
बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार, सबैभन्दा बढी वाग्मती प्रदेशबाट विद्यार्थी पास भएका छन् । वाग्मतीबाट ७७ हजार ११३ विद्यार्थी पास भएका छन् । कोसी प्रदेशबाट ५० हजार ८९०, मधेस प्रदेशबाट ४४ हजार ५९२, गण्डकी प्रदेशबाट २६ हजार ५५० विद्यार्थी पास भएका छन् । लुम्बिनीबाट ४४ हजार २५६ जना, कर्णाली प्रदेशबाट १९ हजार ९५ र सुदूरपश्चिम प्रदेशबाट १९ हजार ९५ विद्यार्थी ग्रेडेड भएका छन् ।
मधेस प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी ‘ननग्रेडेड’
एसईईमा मधेस प्रदेशका ३१ हजार ७२५ विद्यार्थी ननग्रेडेड भएका छन् । यस प्रदेशबाट ७६ हजार ३१७ विद्यार्थी सहभागी थिए । नतिजा अनुसार नन् ग्रेडेड भएका विद्यार्थी कोसीमा २१ हजार ३६६, वाग्मतीमा २१ हजार ७०४ र गण्डकीमा ९ हजार ९४३ छन् । त्यस्तै, लुम्बिनीका २७ हजार ८९३, कर्णालीका १३ हजार २४१ र सुदूरपश्चिमका २० हजार ६३५ विद्यार्थी नन ग्रेडेड भए ।
सत्यपाटी