२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

बर्दियामा बस दुर्घटना, १८ जना घाइते

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८३ वैशाख २८ गते सोमबार

बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार दिउँसो काठमाडौंबाट धनगढी गइरहेको खप्तड बडीमालिका यातायातको ना८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काले चालकसहित १८ जना घाइते भएको र उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन् । गम्भीर घाइते भएका दुवै जनालाई लालरत्न अस्पताल लम्कीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरेको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार