२०८३ वैशाख २६ , शनिबार 9, May 2026, Saturday

दाङमा भेटियो विश्वकै विषालु सर्प

सत्यपाटीसत्यपाटी । दाङ । २०८३ वैशाख २४ गते बिहीबार

विश्वकै सबैभन्दा ठूलो विषालु सर्प मानिने राज गोमन गढवामा पहिलो पटक भेटिएको छ । गढवा गाउँपालिका–७ लक्षिनपुर निवासी सुशीला गुरुङको घरमा सर्प फेला परेको हो ।

सर्प उद्धारकर्ता शिवु खनालले बुधबार राति ८ बजे उक्त घरबाट सर्प उद्धार गरेका थिए । सर्प भेटिएपछि डिभिजन वन कार्यालय देउखुरीमा खबर गरिएको थियो । त्यसपछि सर्प उद्धारकर्मी खनालको नेतृत्वमा दुईजना वन कर्मचारी घटनास्थल पुगका थिए ।

एक घण्टाको प्रयत्नपछि सर्पलाई जीवितै नियन्त्रणमा लिइएको खनालले जानकारी दिए । उद्धारपछि सर्पलाई लमही नगरपालिका–५ अजम्मरी सामुदायिक वनमा ल्याएर छाडियो । उद्धारकर्ता खनालका अनुसार सर्पको तौल करिब ८ किलो र लम्बाई १० फिट रहेको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार