२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

बाँकेमा गहुँ उत्पादन बढ्ने सङ्केत

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख २२ गते मंगलबार

यस वर्ष बाँके जिल्लामा गहुँ खेती विगतका वर्षहरूको तुलनामा बढ्ने सङ्केत देखिएको छ । कृषि ज्ञान केन्द्र बाँके का अनुसार जिल्लामा हाल करिब २० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ ।

अनुकूल मौसम, सिँचाइको पर्याप्त सुविधा र उन्नत बीउको प्रयोगका कारण यस वर्ष उत्पादनमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ । केन्द्रका प्रमुख तथा कृषि अर्थ निर्देशक डा.विनोद घिमिरेले गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्ने सङ्केत स्पष्ट देखिएको बताए ।

गत वर्ष जिल्लामा ७७ मेट्रिक टन गहुँ उत्पादन भएको उल्लेख गर्दै उनले यस वर्ष उन्नत प्रविधि र अनुकूल मौसमका कारण उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरे । उनले भने, ‘उन्नत बीउ, मौसमको साथ र बालीको आवश्यकता अनुसार सिँचाइको सुविधा उपलब्ध हुँदा यस वर्ष गहुँ खेती अझ सुदृढ हुने देखिएको छ ।’

केन्द्रका प्रमुख घिमिरेका अनुसार हाल बाँकेका किसानहरू गहुँ भित्र्याउने चरणमा रहेकाले जिल्लाभरीको पूर्ण तथ्याङ्क आइसकेको छैन । तर प्रारम्भीक अवस्था र खेतको अवस्था हेर्दा उत्पादन वृद्धि हुने सङ्केतहरू स्पष्ट देखिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार