२०८३ वैशाख २६ , शनिबार 9, May 2026, Saturday

दोहामा पाँच उडान गर्दै हिमालय एयरलाइन्स

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २२ गते मंगलबार

हिमालय एयरलाइन्सले कतारको राजधानी दोहामा सातामा पाँच उडान गर्ने भएको छ । दुई रात्रिकालीन र तीन दिवाकालीन उडान गर्न लागेको कम्पनीले जनाएको छ ।

एयरलाइन्सका अनुसार सोमबार र बुधबार रात्रिकालीन र मंगलबार, शुक्रबार र शनिबार दिवाकालीन उडान गरिनेछ । कम्पनीले टिकट बुकिङका लागि यात्रुले सम्बन्धित बुकिङ एजेन्टसँग वा नजिकको एयरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क राख्न सकिने जनाएको छ ।

उच्च सुरक्षा मापदण्डका साथ सबै उडान निर्धारित तालिकामै उडान गर्ने जनाउँदै कम्पनीले नियन्त्रण बाहिरको परिस्थितिमा केही उडान रद्द हुनसक्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार